काठमाण्डु– भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला भएका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको लागि पत्र काट्ने तयारी गरेको छ ।
बिहिबार जाँचबुझ आयोगका प्रमुख गौरी बहादुर कार्कीले केपी शर्मा ओलीलाई आयोगले छानबिनको लागि पत्र काट्ने तयारी गरेको जानकारी दिएका हुन् ।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीले एमाले अध्यक्ष ओलीलाई बयानमा कहिले बोलाउनुहुन्छ ? भनेर सोधेको प्रश्नको जवाफ दिदैं कार्कीले भने- ‘उहाँलाई बोलाउने क्रममा छौँ’ ।
यसअघि आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको बयान लिएको थियो ।




प्रतिक्रिया