दुर्गा प्रसाईं र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

दुर्गा प्रसाईं र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेको छ ।

प्रसाईंसहितको टोलीले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता गरेको हो ।

प्रसाईं समूहले गत मंसिर ६ गते राखेका मागबारे छलफल गर्नका लागि आज वार्तामा बसेको हो ।

यसअघि पुस १ गते प्रसाईं समूहले सरकारद्वारा गठित वार्ता समितिसँग वार्ता गरेको थियो।

भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी छन् ।

सरकारले राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला पक्षसँग वार्ता-संवाद गरिरहेको हो।