२६२०मा झर्‍यो सेयर बजार, पौने ५ अर्बको कारोबार

२६२०मा झर्‍यो सेयर बजार, पौने ५ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार ओरालो लागेको छ । नेप्से १२.८३ अंकले घटेर परिसुचक २६२० बिन्दुमा पुगेर मार्केट क्लोज भयो ।

यसदिन ४ अर्ब ७१ करोडको कारोबार भयो । कारोबारमा आएका १८९ कम्पनीको मूल्य घट्यो भने ६३ कम्पनीको बढ्दा ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकमका आधारमा यसदिन एसवाई प्यानल अगाडि रह्यो ।

यसदिन ह्विन नेपाल लघुवित्त र एसवाई प्यानलको मूल्य १० प्रतिशतले बढ्यो भने ग्लोवन आइएमइ समुन्नत योजनाको मूल्य १० प्रतिशतले घट्यो ।

आज अन्य बाहेक अरु सबै सूचक राताम्मे भए । सबैभन्दा धेरै व्यापार सूचक १ प्रतिशलते घट्यो ।