रमेश लेखकमाथिको विदेश भ्रमण र स्थान हद फुकुवा

रमेश लेखकमाथिको विदेश भ्रमण र स्थान हद फुकुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भदौ २३ र २४ गतेको घटना छानविन गर्न गठिन जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गरेको छ ।

आयोगले बिहीबार पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो ।

लेखकको बयान सकिएकाले विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने निर्णय भएको आयोगले जनाएको छ ।

आयोगले लेखकको भ्रमण र स्थानहद फुकुवा गरेको निर्णय प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतका सम्बन्धित निकायमा जानकारी गराएको छ ।

आयोगले भदौ २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृति बेगर काठमाण्डु उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो ।