काठमाण्डुमा नेपाली १००० दरका नक्कली नोट ! ६ जना पक्राउ

काठमाण्डुमा नेपाली १००० दरका नक्कली नोट ! ६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट प्रहरीले ठूलो परिमाणमा नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेको छ ।

बुधबार राति साढे ९ बजेको समयमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाण्डुबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक र काठमाण्डुका वासिन्दा प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जिल्ला घर भई हाल काठमाण्डुका विभिन्न स्थानमा बस्दै आएका व्यक्तिहरूको बाहुल्यता रहेको छ । पक्राउ परेकाहरूमा बाह्रबीसे नगरपालिका–२ सिन्धुपाल्चोकका ३२ वर्षीय दावा नोर्वु शेर्पा, बाह्रबीसे नगरपालिका–२ सिन्धुपाल्चोकका ४४ वर्षीय पासाङ शेर्पा, मेलम्ची नगरपालिका–३ सिन्धुपाल्चोकका ३२ वर्षीय प्रकाश गुरुङ, चौतारा साँगाचोकगढी नगरपालिका–१० सिन्धुपाल्चोकका ४२ वर्षीय रेणुका भारती, बलेफी गाउँपालिका–२ सिन्धुपाल्चोकका ६५ वर्षीय गोकर्ण थापा, शंखरापुर नगरपालिका–३ काठमाण्डुका ४३ वर्षीय सुक बहादुर स्याङ्बो रहेका छन् ।

शंकास्पद अवस्थामा रहेका उनीहरूलाई चेकजाँच गर्दा १ हजार दरका ९३ थान नक्कली नेपाली नोट फेला परेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका सबैलाई हिरासतमा राखी नक्कली नोटको स्रोत र यस कार्यमा संलग्न अन्य गिरोहबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।