नेपाल विद्युत् प्राधिकरणमा खुल्यो भर्ना (सूचनासहित)

नेपाल विद्युत् प्राधिकरणमा खुल्यो भर्ना (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणमा कर्मचारी भर्नाका लागि आवेदन खुलेको छ ।

प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्म २६० भन्दा बढी पदमा दरखास्त आह्वान गरेको हो ।

अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविद्सम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदमा १३० जना माग गरिएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले माघ १० गतेभित्र अनलाइनमार्फत् आवेदन दिन सक्ने विज्ञापनमा जनाइएको छ।

नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनबाट हुने बढुवाका लागि पनि विभिन्न पदहरुमा आवेदन फाराम खुलाएको छ ।