भुसाल र विष्टले ११ औं दिनमा तोडे अनसन, सरकारसँग ६ बुँदे सम्झौता

भुसाल र विष्टले ११ औं दिनमा तोडे अनसन, सरकारसँग ६ बुँदे सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अनसनरत डा. निकोलस भुसाल,हरिश विष्ट र सरकार बीच सम्झौता भएको छ । शुक्रबार साँझ बालुवाटारमा भुसाल, विष्ट र सरकार बीच ६ बुँदे सम्झौता भएको हो ।

सहमतिपत्रमा डा. भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरे ।

सम्झौता भएसँगै ११ औँ दिनमा अनसन तोडिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई जुस खुवाएर अनसन तोडाएकी थिइन् ।

११ दिनदेखि माइतीघरमा अनसन बसिरहेका भूसालको बुधबार दिउँसो स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल पुर्‍याइएको थियो ।

उनीहरुले प्रधानमन्त्रीको राजीनामा, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलन क्रममा गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने लगायतका माग राखेर अनसन बसेका थिए ।