काठमाण्डु– भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ। शुक्रबार बेलुका काठमाण्ढुबाट यात्रु लिएर गएको विमान अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएको हो ।
विमान चिप्लिएर २०० मिटर पूर्वतर्फ सानो खोल्सामा पुगेको छ।
साँझ सवा ९ बजेतिर ५१ जना यात्रु सवार विमान अवतरण गरेको थियो।
९०१ उडान नम्बरको बुद्ध एयरको जहाजको अगाडीको भाग माटोमा धस्किँदा क्षति पुगेको छ।
चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेको पनि प्रहरीले जानकारी दिएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको छ।




प्रतिक्रिया