सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु


काठमाण्डु – मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

काठमाण्डुबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खस्दा गम्भीर घाइते भएकाहरूमध्ये ६ जनाको हेटौंडामा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु भएका ६ जनाकै हालसम्म सनाखत हुन सकेको छैन। मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

सुमोमा कुल ९ जना सवार थिए। दुर्घटनामा परी घाइते भएका अन्य ३ जनाको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको छ।

मृतक र घाइतेहरू काठमाण्डुबाट हेटौंडा आउँदै गर्दा जुरिखेतको ओरालोमा दुर्घटनामा परेका हुन्।