काठमाण्डु – जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहलाई बयानका लागि पत्र काटेको छ ।
आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार आयोगले मेयर शाहलाई बयानका लागि पत्र काटेको हो।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षताको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ ।
यस्तै आयोगले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी नेता प्रचण्डलाई पनि आफ्नो भनाइ राख्न पत्र पठाएको छ ।
त्यसअघि राष्ट्रिय मानवअधिकार आयोगले पनि मेयस बोलनसँग बयान लिएको थियो । मेयर शाहले भदौ २३ र २४ गते सामाजिक सञ्जालमा लेखेका स्ट्याटसदेखि घटना अवधिभर उनको गतिविधिबारे आयोगले सोधपुछ गरेको थियो ।




प्रतिक्रिया