काठमाण्डु – नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ ।
नेपाल प्रहरीको बढुवा समितिले उनीहरूको बढुवा सिफारिस गरेको हो ।
जनपद प्रहरी समूहतर्फ एसएसपी बढुवाका लागी सिफारिस हुने पहिलो नम्बरमा राम प्रकाश शाह छन् । एसपीहरू भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेश प्रसाद काफ्ले, श्यामसिं चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा पनि एसएसपीमा बढुवा सिफारिस भएका छन् ।
सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर प्राविधिक तर्फ रहेका दुईवटा पद स्थानान्तरण र एउटा पद थप गरेर १० जनालाई बढुवा गरिएको हो ।
प्राविधिक तर्फ केनाइन कार्यालय र सवारी महाशाखामा रहेका एसएसपीको दरबन्दी जनपद समूहतर्फ स्थानान्तरण गरिएको छ भने एक सिट मन्त्रिपरिषद्ले थप गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।





प्रतिक्रिया