आजको मौसम : चिसो बढ्दै, काठमाण्डुको तापक्रम ३ डिग्री सेल्सियसमा झर्‍यो

आजको मौसम : चिसो बढ्दै, काठमाण्डुको तापक्रम ३ डिग्री सेल्सियसमा झर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । शुक्रबार पनि तराई र पहाडी भेगका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो तराई भूभागका धेरै ठाउँमा अबेलासम्म नै हुस्सु तथा कुहिरो रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

देशभर चिसो बढेको छ भने काठमाण्डुमा शुक्रबार बिहानको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । यस्तै डडेलधुरा, दीपायल, सुर्खेत लगायतका ठाउँको तापक्रम काठमाण्डुको भन्दा कम छ ।

यस्तै जुम्ला, जोमसोम, जिरी लगायतका हिमाली भेगको तापक्रम माइनसमा झरेको छ ।