जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका खगेन्द्र फेरी बमकाण्डमा पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका खगेन्द्र फेरी बमकाण्डमा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक सडकको उत्तरी भागमा प्रेसर कुकर बम राखेर त्रास फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल ‘सञ्जय’ रहेका छन् ।

उनले सार्वजनिकस्थलमा पटक र पटक विस्फोटक पदार्थ राखेर सर्वसाधारणमा त्रास फैलाउँदै आएका छन् ।

प्रहरीका अनुसार दुई वर्ष पाँच महिना कैद सजाय भुक्तान गरी छुटेपछि खरेल पुनः विस्फोटक आतङ्कमा सक्रिय भएको पाइएपछि २०८१ साल चैतमा पक्राउ परेका थिए ।

उनी ‘जेनजी आन्दोलन’ का क्रममा सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा फरार रहेको पनि खुलेको छ ।

२०८१ साल पुसमै सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि शङ्कास्पद प्रेसर कुकर भेटिएपछि नेपाली सेनाको कालीशक्ति गणको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको थियो । सो घटनामा समेत खरेल पक्राउ परेका थिए ।

२०७८ साल चैतमा इटहरी–२ नवजागृति टोलस्थित एक कोठामा भएको बम विस्फोटमा रबिन थापा र शेरजङ्ग गुरुङ घाइते भएका थिए । उक्त घटनामा पनि खरेलको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

पक्राउ परेका खरेल उपर आज जिल्ला अदलत झापाबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइने उनले बताए ।