काठमाण्डु- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी भर्ना खुलेसँगै काठमाण्डुमा युवाहरूको भीड देखिएको छ ।
शुक्रबार भद्रकालीस्थित काठमाण्डु प्रहरी परिसरमा निर्वाचन प्रहरीको आवेदन दिनका लागि युवाहरू लामो लाइन देखिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार यस पटकको निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना ‘निर्वाचन प्रहरी’ म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ ।

म्यादी प्रहरीमा जागिर खान इच्छुकले दरखास्त फाराम पुस २५ गतेदेखि माघ १ गतेसम्म सार्वजनिक बिदा दिनसमेत बुझाउन सक्नेछन् ।

फारम बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा काठमाण्डु ललितपुर र भक्तपुर जिल्ला प्रहरी परिसरबाट बुझाउन सकिनेछ ।










प्रतिक्रिया