काठमाण्डुको तापक्रम २.४ डिग्रीमा झर्यो, ३ स्थानको तापक्रम माइनसमा

काठमाण्डुको तापक्रम २.४ डिग्रीमा झर्यो, ३ स्थानको तापक्रम माइनसमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डुको न्यूनतम तापक्रम २.४ डिग्रीमा झरेको छ । यो रेकर्ड काठमाण्डुको यो वर्षकै सबैभन्दा कम हो ।

पुस ८ गते काठमाण्डुको न्यूनतम तापक्रम ४.९ डिग्री रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्रीमा झरेको थियो ।

पुस १७ गते तापक्रम घटेर ४.६ मा आएकामा १९ गते ४.५ डिग्रीमा झरेको हो । यस्तै पुस २३, २४ मा ३ डिग्रीमा झरेको तापक्रम आज २.४ मा झरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस ७.७ डिग्री छ । जुम्लामा बिहीबार माइनस ८.१ सम्म तापक्रम झरेको थियो ।

जोमसोममा आज माइनस पाँच डिग्री रहेको छ भने दोलखाको जिरीमा माइनस २.१ रहेको छ । आज डडेलधुराको न्यूनतम तापक्रम १.५, दिपायलको १.४, वीरेन्द्रनगरको २.५, ताप्लेजुङको ३.९ र लुम्लेको तापक्रम ३.६ डिग्री रहेको छ ।