पश्चिमी वायुको प्रभाव कायमै, काठमाण्डुको तापक्रम ३ डिग्री सेल्सियसमा झर्‍यो

पश्चिमी वायुको प्रभाव कायमै, काठमाण्डुको तापक्रम ३ डिग्री सेल्सियसमा झर्‍यो


काठमाण्डु – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेशमा केही ठाउँमा हुस्सु-कुहिरो लागेको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । आइतबार राति पनि तराईका केही ठाउँमा हुस्सु कायमै रहनेछ ।

हुस्सु तथा कुहिरोको प्रभावले विशेष गरी बिहानरबेलुकाको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आइतबार बिहान काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको छ । शनिबार काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस रहेको थियो ।