काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो ।
शुक्रबार २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको स्ुन आज २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मूल्य रेकर्ड मूल्य हो । गत १३ पुसमा सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड राखेको थियो ।
यस्तै आज चाँदीको भाउ तोलामा २१० रुपैयाँले बढेर ४९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया