काठमाण्डु–गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। नेपाली मूलका भारतीय गायक तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण मृत्यु भएको हो।
उनी भारतीय रियालिटी शो इन्डियन आइडल सिजन ३ का विजेता बनेका थिए। त्यसयता उनको चौतर्फी चर्चा चुलिएको थियो।
गायक प्रमोद खरेल, संगीतकार अर्जुन पोखरेल, चलचित्रकर्मी राजेश घतानीले उनको मृत्यु भएको पुष्टि गरेका छन् ।
सन् १९८३ मा दार्जिलिङमा जन्मिएका प्रशान्त तामाङ बुवाको निधनपछि प्रहरी सेवामा समेत भर्ती भएका थिए। संगीतको शिक्षा हासिल नगरेका प्रशान्तले प्रहरिमा अकेस्ट्रामा भाग लिएरै इन्डियन आइडल जितेका थिए ।
उनले दर्जनौँ नेपाली गीत गाएका छन् भने केही फिल्ममा पनि अभिनय गरेका छन्। परदेशी र गोर्खा पल्टन जस्ता नेपाली फिल्ममा अभिनय गरेका उनी सन् २०१० मा नेपाल पर्यटन वर्ष २०११ का सद्भावना दूतसमेत बनेका थिए।
उनको असारै महिनामा, आगो पिएर बाच्ने, मन साइली,शिरिमा शिरि, अरे क्यानम मन यो, हिउ भन्दा चिसो लगायतका गीत चर्चित छन् ।




प्रतिक्रिया