बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

फाइल तस्विर ।

काठमाण्डु– बैतडीस्थित जयपृथ्वी राजमार्गमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

पाटन नगरपालिका–८ साडीघाँटीमा म १ ज २२४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मोतीनगरबाट डडेल्धुरा तर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर दुर्घटना भएको हो । मृतकको सनाखत हुन सकेको छैन भने घाइते भएकाको संख्या पनि यकिन हुन बाँकी छ ।

घाइतेको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

थप विवरण आउन बाँकी रहेको छ ।