काठमाण्डु– सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । यसदिन नेप्से ५.५४ अंकले घटेर परिसुचक २६३५ अंकमा झरेको छ ।
आज ६ अर्ब ४७ करोडको कारोबार भयो । कारोबारमा आएका ७५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको घटेको छ । यस्तै ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा यसदिन एसवाई प्यानल, राधि विद्युत, अगाडि रहे ।
यसदिन एसवाई प्यानल र श्री नगर एग्रिटेकको मूल्य १० प्रतिशतले बढ्यो ।
यसदिन बिकास बैंक, होटल पर्यटन, उत्पादन र म्यूचल फण्ड बाहेकका सबै सूचक राताम्मे बनेका छन् ।




प्रतिक्रिया