काठमाण्डु – नेपाली बजारमा सुनको मूल्यमा बिहीबार गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ रहेको छ।
बुधबारको तुलनामा १ हजार ५ सय रुपैयाँले सुनको मूल्य घटेको हो। बुधबार २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै बुधबार प्रतितोला ५ हजार ६५५ रुपैयाँमा भएको चाँदीको बिहीबार १७० रुपैयाँले घटेर प्रतितोला ५ हजार ४८५ रुपैयाँमा कारोबार भएको छ।




प्रतिक्रिया