काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले माघे संक्रान्ति जस्ता मौलिक चाडपर्वहरू देशको सभ्यता, संस्कृति र पहिचानमा अमूल्य सम्पदा रहेको बताएकी छन् ।
बिहीबार काठमाण्डुको टुँडिखेलमा मगर संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बिविधता र बहुल्यता बिचको एकताले नै हाम्रो नेपाल राष्ट्रलाई समृद्ध सशक्त बनाएको बताइन् ।
उनले भनिन्, ‘माघे संक्रान्ति जस्ता मौलिक चाडपर्वहरू हाम्रो सभ्यता संस्कृति र पहिचानमा अमूल्य सम्पदा हुन् । विविधता र बहुलता बिचको एकताले नै नेपाल राष्ट्रलाई समृद्ध वा सशक्त बनाएको छ । हाम्रो मौलिक संस्कृति र चाडपर्व र पहिचानमा हामी सबैले गर्भ गर्नुपर्छ । प्रवर्द्धन र संवर्द्धन गर्न आवश्यक छ ।’
उनले समावेशी विकास नै दीगो विकास हो भन्ने मान्यतामा सरकार दृढ रहेको बताइन् । वर्तमान मुलुकको विशिष्ट परिस्थितिमा सबैबिच अझ बढी एकता सहकार्य र आपसी विश्वासको खाँचो रहेको उनको भनाइ छ ।
‘वर्तमान मुलुकको विशिष्ट परिस्थितिमा हामीबिच अझ बढी एकता सहकार्य र आपसी विश्वासको खाँचो छ । समावेशी विकास नै दीगो विकास हो भन्ने मान्यतामा सरकार दृढ छ,’ उनले भनिन् ।




प्रतिक्रिया