बालेनले सम्झिए भूकम्पपछिको आफ्नो अनुभव

बालेनले सम्झिए भूकम्पपछिको आफ्नो अनुभव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन शाहले भूकम्प सुरक्षा दिवसको अवसरमा २०७२ सालको विनाशकारी भूकम्पपछिको आफ्नो अनुभव स्मरण गर्दै सुरक्षित राष्ट्र निर्माणको आवश्यकतामा जोड दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा सन्देश सार्वजनिक गर्दै मेयर शाहले भूकम्पपछिका वर्षहरूमा सिभिल इन्जिनियरको रूपमा काभ्रे जिल्लामा करिब २,५०० घर निर्माणमा प्रत्यक्ष रूपमा काम गरेको उल्लेख गरेका छन्। काभ्रे र त्यसपछि गोरखा हुँदै देशका ३५ भन्दा बढी जिल्लामा पुनर्निर्माण र संरचनागत काम गर्ने अवसर पाएको पनि उनले उल्लेख गरेका छन्।

शाहले लेखेका छन्, ‘नेपालजस्तो भूकम्पीय जोखिम भएको देश केवल सिभिल इन्जिनियरिङको कोणबाट मात्रै बन्दैँन। भौगोलिक बनावट, समाज, नीति र नेतृत्व सबैलाई सँगै अघि बढाउनुपर्छ।”

उनले राष्ट्रको विकास भनेको ठूला भवन र सडक मात्र नभई सुरक्षित संरचना, दीर्घकालीन योजना, जिम्मेवार नीति र इमानदार नेतृत्व भएको बताएका छन् । यही बुझाइका कारण आफू भारत गई स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेर पुनः देश फर्किएको पनि उनले जनाएका छ ।

महानगरको नेतृत्व सम्हालिसकेपछि भाषण भन्दा कामलाई प्राथमिकता दिइएको उल्लेख गर्दै शाहले सेवा प्रवाह, पारदर्शी प्रणाली र संरचनागत सुधार महानगरबाट सुरु भइसकेको र अब त्यसलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको बताए।