काठमाण्डु – स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य शुक्रबार पनि बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य दुई लाख ७७ हजार २०० रुपैयाँ र चाँदीको मूल्य पाँच हजार ६४५ रुपैयाँ कायम भएको छ। बिहीबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो।
बुधबार एक तोला सुन दुई लाख ७८ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र त्यति नै परिणामको चाँदीको मूल्य पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६१५ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




प्रतिक्रिया