टाउकोमा कालोपट्टी बाँधेर प्रधानमन्त्री कार्यालय अगाडि मृतक जेनजी परिवारको धर्ना (फोटो फिचर)

टाउकोमा कालोपट्टी बाँधेर प्रधानमन्त्री कार्यालय अगाडि मृतक जेनजी परिवारको धर्ना (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री कार्यालय अगाडि मृतक जेनजीका परिवारले धर्ना दिएका छन् । उनीहरूले टाउकोमा कालोपट्टी बाँधेर शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि जेनजी परिवारहरुले धर्ना दिएका हुन् ।

सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । उनीहरुको मुख्य माग मासिक जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्‌को निर्णय तत्काल कार्यान्वयन होओस् भन्ने छ ।

धर्नामा करिब २० जनाजति सहिद परिवारका सदस्य सहभागी छन् । मन्त्रिपरिषद्‌ले निर्णय गरे पनि अहिलेसम्म जीवन निर्वाह भत्ताको रकम निकासा हुने कानुनी प्रक्रिया अघि नबढेको उनीहरूको गुनासो छ ।