जनकपुरधाम विमानस्थलमा समर्थकले गरे बालेनलाई स्वागत

जनकपुरधाम विमानस्थलमा समर्थकले गरे बालेनलाई स्वागत


जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’लाई जनकपुरधाम विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

आईतबार बेलुका जनकपुरधाम आइपुगेका बालेनलाई समर्थकहरूले विमानस्थलमै पुगेर भव्य स्वागत गरेका छन् ।

बालेनलाई स्वागत गर्न पुगेको भीडलाई व्यवस्थापन गर्न नसक्दा विमानस्थल बाहिर निस्कने सिसाको ढोका फुटेको छ ।

बालेन सोमबार जनकपुरधाममा आयोजना हुन लागेको परिवर्तनको उद्घोष सभामा सहभागी हुन आएका हुन् । सोमबार हुने सभामा बालेनसहित रवि लामिछाने र डीपी अर्यालसहित १२ जना वक्ताहरूको सहभागिता हुने जनाइएको छ ।