उम्मेदवारी दर्ता गर्न ओली आज दमक जाँदै

उम्मेदवारी दर्ता गर्न ओली आज दमक जाँदै


काठमाण्डु – आसन्न प्रतिनिधिसभा निर्वाचनमा मनोनयन दर्ता गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार झापा जाँदै छन् ।

अध्यक्ष ओली झापा–५ बाट उम्मेदवारी मनोनयन गर्नेछन् ।

झापा–बाट उम्मेदवारी दर्ताका उनी भद्रपुर अवतरण गर्ने कार्यक्रम छ। त्यपछि भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी लिने छन्। यसैगरी ३ नं क्षेत्रका बारेमा पनि उनले भद्रपुरमै जानकारी लिने कार्कीले बताए।

क्षेत्र नं २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ। क्षेत्र नं ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिने छन्। आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमक मै भेटघाट गर्ने छन् ।

अध्यक्ष ओलीले जेनजी विध्वंसका बेला जलाइएको आफ्नो दमकस्थित निवासमा पनि जाने तयारी रहेको एमालेले जनाएको छ।