बालेनले गरे मधेश आन्दोलनका सहिदप्रति सम्मान

बालेनले गरे मधेश आन्दोलनका सहिदप्रति सम्मान


काठमाण्डु – मधेश यात्रामा रहेका रास्वपाका वरिष्ठ नेता बालेन शाहले सिरहाको लहानस्थित मधेश आन्दोलनका सहिदको प्रतिमामा माल्यार्पण गरेका छन्।

सोमबार बिहान उनी जनकपुरबाट लहान पुगेर मधेश आन्दोलनका सहिदको प्रतिमामा माल्यार्पण गरी मधेसप्रतिको मोह र सम्मान प्रदर्शन गरेका हुन् ।

माल्यार्पण गर्दै उनले सहिदहरूप्रति शिर झुकाएर सम्मान व्यक्त गरेका थिए। बालेनसंगै नेता अमरेश सिंह पनि सहिद प्रतिमामा माल्यार्पण गरेका थिए।

२०६३ सालमा भएको पहिलो मधेस आन्दोलनमा माघ ५ गते रमेश महतो पहिलो सहिद भएका थिए। त्यसपछि चर्किएको आन्दोलनमा माघ ६ गते थप चार जना सहिद भएका थिए। पहिलो मधेस आन्दोलनको पाँचै जना सहिदको लहानमा प्रतिमा बनाइएको छ। हरेक माघ ५ गते मधेस बलिदानी दिवस मनाउँदै सहिदलाई सम्झिने गरिएको छ।

नेता शाह सोमबार बिहान जनकपुरको जानकी मन्दिरमा दर्शन गरेर लहान पुगेको हुन् । दिउँसो १ बजे जनकपुरधाममा उनले उद्घोष सभालाई सम्बोधन गर्दै छन्।