गगन थापासँग मिलेर जाने कुरामा सत्यता छैन : शेखर सचिवालय

गगन थापासँग मिलेर जाने कुरामा सत्यता छैन : शेखर सचिवालय


काठमाण्डु– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सचिवालयले सभापति गगन थापासँग मिलेर जाने कुरामा कुनै सत्यता नभएको जनाएको छ।

सोमबार कोइरालाको सचिवालयले सूचना जारी गर्दै थापासँग मिलेर जाने कुरामा कुनै सत्यता नभएको बताएको हो ।

नेता कोइराला कहाँ टिकट माग्न आउनेको भिड लागेको भएपनि अहिलेसम्म कुनै जानकारी नभएको जनाइएको छ।

सचिवालयले भनेको छ, ‘देशैभरबाट टिकट माग्न आउने नेताहरूको भिड लागेको छ। तर कहाँ बसेर कसरी र कुन मापदण्डमा टिकट बाँडिदैछ त्यसको अहिलेसम्म कुनै जानकारी छैन। जहाँसम्म डा। शेखर कोइराला र गगन थापासँग मिलेर जाने भन्ने कुरा समाचारमा आइरहेको छ त्यसमा सत्यता छैन।’