काठमाण्डु– रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई छाडेका अन्सारी सोमबार रास्वपा प्रवेश गरेका हुन् ।
जनकपुरमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभाबाट पार्टी प्रवेश गर्दै उनले मधेशको सपना जमिनमुनि गाडेको उल्लेख गर्दै ती सपनाहरूलाई ज्वालामुखीझैं विकासको विगुल फुकिने बताए ।
‘हिजो धेरै भाषण गरिए, तर मधेशी जनताको सपना यही जमिनमुनि गाडिएको छ । त्यो सपना यहाँको इमानदार नेतृत्व र निष्ठाले हामी सबैको प्रयासले यी गाडिएका सपना निकालेर ज्वालामुखीझैं मधेशबाट यो देशको विकासको विगुल फुकिनेछ भनेर म पनि रास्वपामा आएको छु,’ अन्सारीले भने ।
उनले रास्वपा सभापति रवि लामिछानेको त्याग र वरिष्ठ नेता बालेन शाहको क्षमताको उद्घोष मधेशले गरेको बताए ।
उनी बारा ४ बाट चुनाव लड्ने तयारीमा छन्।




प्रतिक्रिया