कमल थापा काठमाण्डु–५ बाट उम्मेदवार बन्ने

कमल थापा काठमाण्डु–५ बाट उम्मेदवार बन्ने


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाण्डु निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीको औपचारिक जानकारी दिँदै वर्तमान व्यवस्था र शासकहरूविरुद्ध आन्दोलन सशक्त बनाउने उद्घोष गरे ।

नेता थापाले आफ्नो चुनावी अभियानलाई भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको आन्दोलनलाई चुनावी एजेन्डा बनाएका छन् ।

नेपाललाई पुन: हिन्दूराष्ट्र बनाउने, संवैधानिक राजसंस्थाको आवश्यकता, सुशासनको माध्यमबाट समृद्ध नेपाल निर्माण गर्ने संकल्पलाई उनले चुनावी एजेन्डा बनाएका छन् ।

वर्तमान राजनीतिक परिस्थितिप्रति कडा आलोचना गर्दै थापाले लेखेका छन्, ‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति, हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना तथा सुशासनको माध्यमबाट समृद्ध नेपाल निर्माणको आन्दोलन सशक्त तुल्याउन म काठमाण्डु क्षेत्र ५ बाट उम्मेदवार भएको छु ।’