काठमाण्डु– आईसीसी महिला विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सले नेपाललाई १ सय ४१ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेटको गुमाएर १ सय ४० रन जोडेको हो ।
नेदरल्यान्ड्सकी बबेटे डे लिडेले सर्वाधिक ४९र स्टेरे कालिसले ३० रन जोडे ।
नेपालका लागि रुबिना क्षेत्रीले २, सुमन विष्ट, पूजा महतो र रिया शर्माले समान एक विकेट लिए।




प्रतिक्रिया