काठमाण्डु– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको आजको खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।
नेपाल नेदरल्यान्ड्ससँ २ रनले पराजित भएको हो । १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि सर्वाधिक रुबिना क्षेत्रीले अविजित ३७ र सीता राना मगरले अविजित २७, बिन्दु रावलले १८ रन जोडे ।
नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३, सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १–१ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेटको गुमाएर १ सय ४० रन जोडेको हो ।
नेदरल्यान्ड्सकी बबेटे डे लिडेले सर्वाधिक ४९र स्टेरे कालिसले ३० रन जोडे ।
नेपालका लागि रुबिना क्षेत्रीले २, सुमन विष्ट, पूजा महतो र रिया शर्माले समान एक विकेट लिए।
नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।




प्रतिक्रिया