भू–मध्य सागरको वायुले नेपालमा वर्षा र हिमपात

भू–मध्य सागरको वायुले नेपालमा वर्षा र हिमपात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भू–मध्य सागरबाट उच्च वायुमण्डल हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले मुलुकका अधिकांश भेगमा हिउँदे वर्षासँगै हिमपात सुरु भएको छ। आइतबार बिहान भित्रिएको वायुको असर देशैभरि देखिएको हो।

सोही वायुको प्रभावले सुदूरपश्चिम र मध्यपश्चिमी भेगमा आइतबार साँझदेखि वर्षा र हिमपात शुरु भएको थियो भने सोमबार बिहानैदेखि त्यस्तै प्रभाव अन्यत्र पनि फैलिएको छ। भू–मध्यसागरबाट सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान, उत्तरपश्चिम भारत हुँदै मुलुकको पश्चिमी भेगबाट भित्रिएको वायुको प्रभावले अहिले वर्षासँगै हिमपात गराएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बताए।

यो हिउँदयामको स्वभाविक प्रक्रिया भए पनि यसको असर दीर्घकालीन नहुने रिमालको भनाइ छ। ‘अहिलेको मौसमी प्रणाली मंगलबार पूर्वीभेगबाट सिक्किम र भुटानतर्फ मोडिँदै छ’, उनले भने। बुधबार भने उच्च पहाडी र हिमाली भेगको मौसम धुमिएर केही ठाउँमा छिटफुट वर्षासहित हिमपात दोहोरिने रिमालले बताए।

मुलुकका अन्यको तुलनामा डडेल्धुरामा धेरै वर्षा भएको छ, त्यहाँ ९ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ । अनुसार