१७ जना प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन

१७ जना प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन


काठमाण्डु– नेपाल प्रहरीका १७ जन प्रहरी कर्मचारी आफूखुशी गैरहाजिर भएको भन्दै ७ दिनभित्र हाजिर हुन निर्देशन दिइएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गरी कात्तिक र मंसिर महिनादेखि गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई ७ दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन भनेको हो।

गैरहाजिर हुने प्रहरीहरूमा एक जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी हवलदार, एक जना सहायक हवलदार,११ जना प्रहरी जवान र तीन जना कार्यालय सहयोगी रहेका छन्।

उनीहरुको खोजतलास गराउँदा र सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।