काठमाण्डु- प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यी १८ जना मध्ये २ जना स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
सुदूरपश्चिमका ९ जिल्लामा १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। सात पहाडी जिल्लामा महिला उम्मेदवारी न्यून रहे पनि तराईका जिल्लामध्ये कैलाली र कञ्चनपुरमा उल्लेख्य सहभागिता छ।
प्रदेश निर्वाचन कार्यालयकाअनुसार सबैभन्दा बढी कैलालीमा ११ महिला उम्मेदवार छन् । यस्तै, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन्। सुदूरपश्चिममा कूल २१० जनाको उम्मेदवारी परेकामा एक जनाको रद्द भएको छ भने तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
सुदूरपश्चिममा कूल १७ लाख १६ हजार ६६० मतदाता छन् ।
यी हुन् महिला उम्मेदवार
कञ्चनपुर–१
नेपाली कम्युनिष्ट पार्टी–बिना मगर
आमजनता पार्टी (एकल चुनाव चिह्न)–सीता विक
स्वतन्त्र–मञ्जुदेवी सुनार र रुपादेवी विष्ट
कञ्चनपुर–२
नागरिक उन्मुक्ति पार्टी नेपाल–प्रेमवती राना
कञ्चनपुर–३
आमजनता पार्टी–लक्ष्मीकुमारी विष्ट (भट्ट)
कैलाली–१
आमजनता पार्टी–रुपाकुमारी चौधरी
राष्ट्रिय स्वतन्त्र पार्टी–कोमल ज्ञवाली
नेपाल मजदुर किसान पार्टी– सुनिता भण्डारा
कैलाली–२
मितेरी पार्टी नेपाल–सम्झना विष्ट थापा
नेपाल मजदुर किसान पार्टी–लक्ष्मी पुन मगर
कैलाली–३
मितेरी पार्टी नेपाल–सुशीला थापामगर
नेपाल मजदुर किसान पार्टी–जुनु महतारा शाही
कैलाली–४
नेपाल मजदुर किसान पार्टी–अमृता भुल
कैलाली–५
मितेरी पार्टी नेपाल–राधिकाकुमारी कार्की
राष्ट्रिय जनमोर्चा– शोभामणि जोशी
नेपाल मजदुर किसान पार्टी– तृषण पुनमगर
डोटी
मितेरी पार्टी नेपाल–सरस्वतीकुमारी पाल (मल्ल)




प्रतिक्रिया