काठमाण्डु– सोमबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । लगातार बढिरहेको सुनको भाउ आज पनि तोलामा ५ हजार २०० रुपैयाँले बढेको हो ।
हिजो ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा २८५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया