दशरथ रंगशालामा नेपाल र चीनबिच मैत्रीपूर्ण महिला फूटबल हुने

दशरथ रंगशालामा नेपाल र चीनबिच मैत्रीपूर्ण महिला फूटबल हुने


काठमाण्डु – आगामी २०२६ जनवरी ३१ का दिन दशरथ रंगशालामा नेपाली राष्ट्रिय यू–२० महिला फूटबल टोली र चीनको युनान यूथ महिला टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेल आयोजना हुने भएको छ ।

सोमबार काठमाण्डुमा पत्रकार सम्मेलनको आयोजना गरेर अखिल नेपाल फूटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनिया संघको संयुक्त आयोजना तथा नेपालस्थित चिनिया राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा खेल हुन लागेको जानकारी गराइएको हो ।

चिनिया नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिन लागेको यस खेलले नेपाली यू–२० महिला टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

यस प्रकारका मैत्रीपूर्ण खेलहरूले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर प्रदान गर्नुका साथै नेपाली महिला फूटबलको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिने कार्यक्रम रहेका छ ।

खेलका लागि चिनियाँ टोली २०२६ जनवरी २९ मा नेपाल आइपुग्ने जानकारी तयारी गरिएको छ । एन्फाले विगत ३ वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीहरूबीच यस प्रकारका मैत्रीपूर्ण खेलहरूको आयोजना गर्दै आइरहेको छ ।

खेलका लागि नेपाली राष्ट्रिय यू–२० महिला टोली मुख्य प्रशिक्षक याम प्रसाद गुरुङको नेतृत्वमा हाल बन्द प्रशिक्षणमा रहेको छ । खेलको प्रत्यक्ष प्रसारण साउथ एशिया नेटवर्क टीभीको वेबसाइटबाट गरिनेछ ।