काठमाण्डु– माघ १० गते राति परेको भारी हिमपातका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ।
हिउँ हटाएपछि कर्णाली राजमार्गअन्तर्गत अवरुद्ध बनेको जुम्लाको भुलभुलेदेखि घुच्चिलेख, सात मोड हुँदै झाडनाउलासम्मको सडक सञ्चालनमा आएको हो ।
हिउँ जमेर सडक पूर्ण रूपमा बन्द भएपछि सवारी आवागमन ठप्प भएको थियो।

सडक डिभिजन कार्यालय जुम्लाको पहलमा माघ ११ र १२ गते जेसीबी मेसिन प्रयोग गरी सडकमा जमेको हिउँ हटाइएको थियो
सडक सुचारु भएसँगै जुम्ला–मुगु आवतजावत सहज बनेको छ भने यात्रु तथा स्थानीयवासीले राहत महसुस गरेका छन्।
यसअघि हिमपातका कारण अलपत्र परेका सवारी साधनहरू समेत गन्तव्यतर्फ लागेका छन्।







प्रतिक्रिया