सुदूरपश्चिममा बालेन, यस्तो छ आजको कार्यतालिका

सुदूरपश्चिममा बालेन, यस्तो छ आजको कार्यतालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मंगलबार बिहान बर्दिया–२ मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।

सोमबारदेखि सुदूरपश्चिमको चुनावी यात्रमा रहेका बालेनले मंगलबार बिहान राजापुरस्थित रास्वपाको निर्वाचन क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटन गरेका हुन्।

यस्तै बालेलने बर्दियाको प्रसिद्ध ठाकुर बाबा मन्दिरको पनि दर्शन गरेका उनको सचिवालयले जनाएको छ।

यस्तै उनी समर्थकहरूसहित कैलाली निर्वाचन क्षेत्र नम्बर १ को टिकापुर पुगेका छन् । उनले टिकापुरस्थित सम्पर्क कार्यालयमा रास्वपा उम्मेदवार कोलम ज्ञवालीसँग भेटघाट गरेका छन् ।

टिकापुर हुँदै लम्की, बर्दगोरिया, सुखड, परमानपुर, मसुरिया, चौमाला, अत्तरियामा र धनगढी बजारमा रास्वपाले कार्यक्रम गर्ने भएको छ ।

दिउसो ३ः३० बजे धनगढीबाट कञ्चनपुरको पुनर्वासतर्फ लाग्ने बताइएको छ । कञ्चनपुरमा उनी झलारी र महेन्द्रनगरमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

बालेन चुनावी यात्राका लागि सोमबार नेपालगञ्ज पुगेका थिए ।