सुनचाँदीको भाउले राख्यो नयाँ कीर्तिमान

सुनचाँदीको भाउले राख्यो नयाँ कीर्तिमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली बजारमा सुनको भाउ बढेर नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य ३०० रुपैयाँले बढेको हो ।

सोमबार ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।