काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । आज सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो ।
हिजो ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ४३० रुपैयाँले बढेर प्रतितोला ७ हजार ३ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनचाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।




प्रतिक्रिया