खगेन्द्र सुनारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

खगेन्द्र सुनारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार खगेन्द्र सुनारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगमा प्राप्त उजुरीका आधारमा उनलाई स्पष्टीकरण सोधिएको हो ।

उम्मेदवार सुनारले गाईको विषयलाई लिएर साम्प्रदायिक विद्वेष फैलाउने गरी अभिव्यक्ति दिएको भनेर आयोगमा उजुरी परेको छ । ३ दिनभित्र स्पष्टीकरण पेश गर्न आयोगले सुनारलाई निर्देशन दिएको छ ।