निर्वाचन आउन अब ३६ दिन बाँकी : आयोगले स्वदेशी उत्पादित सामग्री प्रयोग गर्ने

निर्वाचन आउन अब ३६ दिन बाँकी : आयोगले स्वदेशी उत्पादित सामग्री प्रयोग गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति लिएको छ।

निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति लिएको हो ।

निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश र जिल्लाबाट खरिद भई प्रयोग गराउने गरी प्रबन्ध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद हुने छन्। अधिकांश खरिदका लागि जिटुजी अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई जिम्मेवारी दिइएको छ।

निर्वाचनका लागि ६ करोड ७५ लाख रुपैयाँको मात्र नयाँ सामग्री खरिद गरिएको छ। अन्य सामग्री पुरानै स्टकलाई पुनः प्रयोगमा ल्याइएको उनले बताए।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी विरोध र निर्वाचन चिह्न प्रदानको कार्यक्रम सम्पन्न भइसकेको छ।