काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा बिहीबार बझाङ पुगेका छन् ।
शाह अहिले चुनावी अभियानका क्रममा सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्ला भ्रमण गरिरहेका छन् ।
बझाङमा रास्वपाका उम्मेदवार शैलेशकुमार सिंहसँग उनी चुनावी अभियानमा सक्रिय भएका हुन् ।
अभियानकै क्रममा शाह बिहीबार दिउँसो अछाम जाने कार्यक्रम छ । शाह अछामको सदरमुकाम मंगलसेनमा दिउँसो स्थानीय कार्यकताहरूसँग भेट्ने छन् ।
शाह झापा-५ बाट उम्मेदवार छन् भने पार्टीले उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार पनि बनाएको छ ।









प्रतिक्रिया