स्वर्णीम वाग्लेको चेतावनी-रास्वपाको बहुमत आएन भने देश फेरि घनचक्करमा फस्छ

स्वर्णीम वाग्लेको चेतावनी-रास्वपाको बहुमत आएन भने देश फेरि घनचक्करमा फस्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति तथा तनहुँ–१का उम्मेदवार स्वर्णीम वाग्लेले आसन्न प्रतिनिधिसभा निर्वाचनमा निर्णायक बहुमतको आवश्यकतामा जोड दिएका छन् ।

सामाजिक सञ्जालमार्फत मतदातासँग मत माग्दै उनले नेपाली जनताले परिवर्तन चाहिरहेको बताएका छन् । अबको स्पष्ट विकल्प रास्वपालाई बहुमतसहित देश चलाउने जिम्मेवारी दिन वाग्लले अपिल पनि गरेका छन् ।

चुनावपछि पुरानै सत्ता–गणित दोहोरिए स्थिर सरकार सम्भव नहुने र त्यसले नीति निर्माण, सुधार तथा कार्यसम्पादनलाई जटिल बनाउने उनको भनाइ छ।

वाग्लेले पुराना गठबन्धनका नाममा हुने सत्ता सम्झौता, तानातान र पद–लालचले देशलाई फेरि सरकार फेर्ने घनचक्करमा फसाउने चेतावनी दिएका छन्। यसले विकास, लगानी, रोजगारी र नागरिक सेवामा प्रत्यक्ष नकारात्मक असर पर्ने उनले उल्लेख गरेका छन्।

उनका अनुसार रास्वपासँग बहुमत माग्ने आधार, नेतृत्व र स्पष्ट एजेन्डा तीनै कुरा छन्। ‘स्पष्ट एजेन्डा, सक्षम नेतृत्व र परिणाममुखी कार्ययोजनासहित हामी प्रभावकारी शासनका लागि अघि बढिरहेका छौँ,ु उनले लेखेका छन्।