२७१४मा झर्‍यो सेयर बजार, साढे १४ अर्बको कारोबार

२७१४मा झर्‍यो सेयर बजार, साढे १४ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १७ अंकले घटेर परिसुचक २७१४ मा झरेको छ ।

यसदिन कारोबार रकम भने बढेको छ । हिजो ११ अर्बको कारोबार भएकोमा यसदिन १४ अर्ब ५६ करोडको कारोबार भएको छ ।

कारोबारमा आएका ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ । यस्तै ५ कम्पनीको स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा यसदिन ङादी ग्रुप पावर, एसवाई प्यानल, युनाइटेड मोदि हाइड्रो, युनियन हाइड्र्रो, राधि विद्युत अगाडि रहे ।

आज हिमालय दोलखा र शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यसदिन बैंकिङ ६.५७, विकास बैंक १३१.८१, वित्त ४५.८३, होटल ९८.९४, जीवन बीमा ८४.०८, उत्पादनमूलक २००.७१, लघुवित्त ३०.२७, निर्जीवन बीमा ७६.८३, अन्य २७.४० र व्यापार ६.७१ अंक घटेका छन् ।

तर जलविद्युत् १३.७७, लगानी ०.०५, सामूहिक लगानी कोष ०.०७ अंकले बढे ।