काठमाण्डु – सरकारले प्रहरीको रासन स्केल वृद्धि गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै गृहमन्त्री एवम् सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले रासन स्केल वृद्धि गरिएको जानकारी दिए ।
नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको अवसरमा आगामी २०८२ माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा जाने प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुन:संरचना सम्बन्धी सुझाव समिति–०८२ ले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । बैठकले २०८२ फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल तथा रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय पनि गरेको प्रवक्ता अर्यालले जानकारी दिए ।




प्रतिक्रिया