काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले दलित समुदायको सम्बन्धमा आफूले नबोलेको विषयलाई लिएर सुनियोजित रूपमा दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफूले कल्पना समेत नगरेको विषयलाई जोडेर भ्रम फैलाइएको दाबी गरेका छन् ।
गलत प्रचार सच्याउन आग्रह अध्यक्ष लिङ्देनले भ्रामक सूचना फैलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल आफ्नो गल्ती सच्याउन आग्रह गरे । यदि गलत प्रचार रोकेर गल्ती नसच्याइएमा आफू साइबर कानूनको सहारा लिन र कानूनी प्रक्रिया अघि बढाउन बाध्य हुने उनको चेतावनी छ ।
सामाजिक सद्भावको रक्षा तथ्यहीन आरोपहरूले समाजमा अनावश्यक तनाव र दूरी सिर्जना गर्न सक्नेतर्फ सचेत गराउँदै उनले भने, ‘मैले दलित समुदायको सम्बन्धमा बोल्दै नबोलेको र कल्पनासम्म नगरेको विषयलाई सुनियोजित रूपमा प्रचार गरिएको पाइएको छ । यसबाट कोही पनि भ्रममा नपर्न आग्रह गर्दछु ।’ उनले राजनीतिक प्रतिशोध साध्नका लागि सामाजिक सद्भाव बिथोल्ने गरी यस्ता हर्कत नगर्न समेत सचेत गराएका छन् ।
राप्रपाका कार्यकर्ता र समर्थकहरूले पनि अध्यक्षको भनाइलाई उदृत गर्दै सामाजिक सञ्जालमा हुने ‘फेक न्यूज’विरुद्ध सचेत रहन अपिल गरेका छन् ।




प्रतिक्रिया