रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

देब्रे खुट्टामा देखिएको ‘सेलुलाइटिस’ (छालाको संक्रमण) को सफल उपचारपछि उनलाई बिहीबार दिउँसो अस्पतालबाट बिदा गरिएको छ ।

अस्पतालका व्यवस्थापन अधिकृत सागर पौड्यालका अनुसार लामिछानेको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज गरिएको छ । गत माघ ५ गते जनकपुरको कार्यक्रममा खुट्टामा चोट लागेपछि उनले औषधि सेवन गरिरहेका थिए । तर चोट निको हुनुको साटो संक्रमण फैलिएर सेलुलाइटिस भएपछि उनलाई गत माघ १३ गते अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरी उपचार गरिएको थियो ।